काठमाडौं- परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक धरानको कृषि बजारमा सम्पन्न गरेको छ।
हरेक महिनाको पहिलो र तेस्रो शनिवार आयोजना गर्दै आईरहेको सो क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि मधुमेह, उच्च रक्तचाप र मुटु रोग सम्बन्धी स्वास्थ्य जाँच हुँदै आईरहेको छ।
कृषिबजार व्यवस्थापन समितिसँगको सहकार्यमा कृषि बजार, धरान–१३ मा आयोजित उक्त क्लिनिकमा ७७ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो।