काठमाडौं - नेपाल आयुर्वेद चिकित्सकको संघको अध्यक्षमा डा श्याम बाबु यादव निर्वाचित भएका छन्। संघको १० औं राष्ट्रिय सम्मेलनमा भएको मतदानले डा यादवलाई अध्यक्षमा चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा डा शंकर गौतम, महिला उपाध्यक्षमा ऐश्वर्य श्रेष्ठ निर्वाचित भएका छन्। सम्मेलन सात वटै प्रदेशका लागि उपाध्यक्ष समेत चयन गरेको छ।
प्रदेश १ मा डा अभिषेक ताम्राकार, मधेश प्रदेशमा डा सुजित यादव, बागमती प्रदेशमा डा नदन कंडेल, गण्डकीमा डा सरोज कुमार राय, लुम्बिनी प्रदेशमा डा देवराज केसी, कर्णाली प्रदेशमा शंकर प्रसाद रिजाल र सुदूरपश्चिम प्रदेशमा डा खगेन्द्र बहादुर बम निर्वाचित भएका छन्।
महासचिवमा डा कोपिला अधिकारी, सचिवमा डा प्रेरक रेग्मी, कोषाध्यक्षमा डा शारदा खनाल, सदस्यहरुमा क्रमश डा नरेन्द्र लामिछाने, डा कैलाश न्यौपाने, डा ऋषि केशव भुसाल, डा राजकुमार साह, डा हरि खनाल, डा सुवर्ण पौडेल, डा जितेन्द्र श्रेष्ठ (जनजाति), डा दीपक कुमार मण्डल (मधेशी), डा सरिता बजगाई (महिला) र डा कलावती विक (दलित) चयन भएका छन्।