काठमाडौं - राष्ट्रिय ट्रमा सेन्टरले दुई टुक्रा भएको पाँच वर्षे बालकको हात शल्यक्रिया मार्फत जोड्न सफल भएको छ।
घाँस काट्ने मेसिनमा च्यापिएर धनुषा जाठीका ५ वर्षीय बालक कुलदीप मण्डलको दुई टुक्रा भएको हातलाई ट्रमा सेन्टरले शल्यक्रिया मार्फत जोड्न सफल भएको हो। सेन्टरका प्लाष्टिक सर्जन प्रा.डा पियुस दाहालको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको थियो। उक्त शल्यक्रिया गर्न १५ घण्टा लागेको अस्पतालले जनाएको छ।
तीन जना बालक खेल्दै गर्दा गत फागुन ९ गते मण्डलको मेसिनमा परेर हात दुई टुक्रा भएको थियो। हात दुई टुक्रा भएलगत्तै उनलालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर त्यहाँ उपचार संभव नभएपछि तत्काल ट्रमा सेन्टरमा ल्याइएको डा दाहालले जानकारी दिए।