काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।
उनले शिक्षा, शुसासन, सेवा तथा भौतिक संरचनातर्फ एक वर्षका उपलब्धी सार्वजनिक गरेका हुन्। रावलले एमपीएच, एएस्सी इपिडिमियोलोजी, एमएन र ब्याचलर इन न्युट्रिशन कार्यक्रमको पाठ्यक्रम तयार गर्ने कार्य सम्पन्न भएको उल्लेख गरेका छन्।
यस्तै, सेवातर्फ अस्पतालमा थप छालारोग, आँखा, नाक कान घाँटी, बाल, दन्तरोग विशेषज्ञ सेवा विस्तारित भएको, नाक कान घाँटीको अपरेशन सेवा सुरु भएको, जन्मदेखि २८ दिनसम्मका बच्चाहरुको सघन उपचार सेवा सुरु भएको, २५ बेडको एचडियु सेवा ५० बेडमा स्तरोन्नति भएको जनाएका छन्।
डा रावलले प्रतिष्ठानको मेडिकल कलेज, छात्रावास, अस्पताल तथा शैक्षिक भवन तत्काल निर्माण गर्नुपर्ने भएकाले बजेट व्यवस्थापनका लागि लागिपरिहेको जनाएका छन्।
प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सिप थप परिमार्जित गर्ने उदेश्यले विभिन्न तालीमहर पनि संचालन गरिएको उनले बताएका छन्।
हेर्नुहोस उपकुलपति डा रावलले सार्वजनिक गरेका उपलब्धिहरु: