काठमाडौं- नेपालमा कोरोनाको शून्य संक्रमित जिल्लाको संख्या बढ्दै गएको छ। हाल शून्य संक्रमित जिल्लाको संख्या १८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ती जिल्लामा इलाम, सोलुखुम्बु, भोजपुर, चितवन, नुवाकोट, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, रुपन्देही, सल्यान, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन्।
नेपालमा कोराना संक्रमण दर १७ दशमलव छ प्रतिशत छ। पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन्।