काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी विभिन्न परीक्षार्थीको परीक्षा रद्द गरेको छ।
आयोगले प्रवेश परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू तथा परीक्षाको मर्यादा विपरित कार्य गरेका र गर्न लगाएका उम्मेदवारहरूको एकीकृत प्रवेश परीक्षा रद्द गरिएको जनाएको छ।
आयोगले १८, २० र २१ गते परीक्षा लिएको थियो। परीक्षामा सबै विषयमा गरेर ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
