काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक बिरामी भएपछि अस्पताल भर्ना भएका छन्। मंगलबारदेखि भैरहवामा रहेका ठाकुरलाई अचानक समस्या देखिएपछि उपचारका लागि बुधबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
चिकित्सकहरूका अनुसार ठाकुरमा उच्च ज्वरो, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो।