काठमाडौं- बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा आस्था श्रेष्ठलाई गृह मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा आस्था श्रेष्ठ लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकोले उनीमाथि कारबाही गर्न लागिएको हो।
उनी गत फागुन १२ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी थिइन्।
पदीय जिम्मेवारी र आचरणविपरीत कार्य गरेको देखिएकोले भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने तयारी गरिएको हो। मन्त्रालयले सार्वजनिक सूचना निकालेर सात दिनभित्र कारण खुलाउनसमेत समय दिएको छ।
