काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दामा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य गरी ७ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।