काठमाडौं - नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ।
२७ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन्। महाधिवेशनले नयाँ नेतृत्व सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।
नेतृत्व चयनमा चुनाव र सहमति हुने भन्ने बारेमा अहिले टुंगो भइसकेको छैन। तर अध्यक्षमा रामबहादुर चन्द, डा झलक शर्मा गौतम, रामहरी ढकाल र महासचिवमा डा सन्तोष पौडेलको नाम चर्चामा छ। अध्यक्ष र महासचिव हाल कार्यरत पदाधिकारीबाट चयन हुने संघको विधान छ। महाधिवेशनमा सात सयभन्दा बढी प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ।