काठमाडौं–नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ४९ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।
यसमध्ये काठमाडौं, उदयपुर, मोरङ, संखुवासभा, रौतहट, सिरहा, चितवन, सिन्धुपाल्चोक, कास्की, दाङ र रोल्पामा एक–एक जनामा संक्रमण पुष्टि भएको हो।
यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ८९ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ सय ६० छ। त्यसमध्ये काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ सय २ छ। जसमा काठमाडौंमा ११०, भक्तपुरमा २ र ललितपुरमा ९० जना छन्।