न्युयोर्कः अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना पोजेटिभ देखिएको छ। मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ।
उनलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर स्वास्थ्य रिपोर्ट भने पोजेटिभ आएको पाइएको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ। उनी आइसोलेसनमा बसेको र अबको एक हप्ता कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागिता नजाउने पनि जनाइएको छ।
न्युयोर्कमा संक्रमण दर अझै तीव्र छ। गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घन्टाभित्र १२ हजार ८०० जनामा पोजेटिभ देखिएको थियो। न्युयोर्कका बासिन्दालाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ।
अमेरिकामा अहिलेसम्म ८ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ। अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको मुलुकमा पर्छ