काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्राडा मदनप्रसाद उपाध्यायलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। डा उपाध्याय त्रिवि शिक्षण अस्पतालका पूर्व डीन हुन्।
विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय अफिसको क्षेत्रीय सल्लाहकारका रुपमा एघार देशका लागि लामो समय काम गरेका छन्। उनी बाल आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनर्स्थापना केन्द्रका संस्थापक अध्यक्ष हुन्।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनमा डा उपाध्यायसहित विभिन्न विधामा रिसर्च अवार्ड प्रदान गरेको छ।
परिषदले यस वर्षको हेल्थ रिसर्च अवार्ड डा सरुना घिमिरेलाई प्रदान गरेको छ।
कुन अवार्ड कसलाई?
मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट ओरेसन अवार्ड- प्राडा रिता थापा।
वेस्ट रिसर्च पेपर अवार्ड- डा गुणराज ढुंगाना।
एनएचआरी योङ्ग हेल्थ रिसर्चर अवार्ड (हेल्थ साइन्स)- अच्युतराज पाण्डे।
मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर)- डा अपेक्षा निरौला।
मृगेन्द्र-सम्झना मेडिकल ट्रष्ट हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी स्टाफ)- अनिल पौडेल।
वेस्ट रिसर्च पेपर (पोस्टर) - सोनिया श्रेष्ठ।
वेस्ट रिसर्च पेपर (ओरल) - डा रवा थापा।
वेस्ट इम्प्लोइ अवार्ड- अजय कुमार लाल कर्ण।
वेस्ट सेक्सन अवार्ड - इथिकल रिभ्यू, मोनिटरिङ एन्ड इभ्यालुएसन सेक्सन।