काठमाडौं- सुदुरपश्चिम प्रदेश सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ।
सरकारी सेवाबाट अवकास प्राप्त (हाल नेपालगंज मेडिकल कलेजमा कार्यरत) प्राडा ढुण्डीराज पौडेलको नेतृत्वमा विशेषज्ञ चिकित्सक डा कुमार श्रेष्ठ, प्रशिक्षार्थी चिकित्सक डा प्रज्वल शर्मासहितको टोलिले बाजुरा, अछाम, डडेल्धुरा र बैतडीका एक हजार बढीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ।
परीक्षण पश्चात ६६ जनाको अछामको बयालपाटा अस्पताल र डडेल्धुरा अस्पतालमा नि:शुल्क शल्यक्रिया समेत गरिएको छ।
अछामको बयालपाटा अस्पतालमा ३७ जना र डडेल्धुरा अस्पतालमा २९ जना गरी कुल ६६ जनाको निशुल्क शल्यक्रिया गरिएको हो।
आफू सरकारी सेवामा हुँदा पनि सुदुपश्चिम क्षेत्रमा निशुल्क शल्यक्रिया शिविरमा संलग्न रहेको भन्दै प्राडा पौडेलले सेवानिबृत्त भएपश्चात् पनि सेवा गर्न पाउँदा खुसी लागेको बताए।
उक्त क्षेत्रका सात जिल्लाका बिरामीहरु नाक,कान तथा घाँटिको उपचार सेबाबाट बञ्चित रहंदै आएका छन।