काठमाडौं- स्वास्थ्य सेवा विभागले कोभिड १९ प्रतिकार्यका लागि अधिकृत सातौँ तहका आठ जना स्वास्थ्यकर्मी माग गरेको छ।
विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड-१९ प्रतिकार्यका लागि करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै विभागले ७ प्रदेशमा ७ जना र विभागको व्यवस्थापन महाशाखाका लागि १ जना गरी ८ जना कर्मचारी माग गरेको हो।
फार्मेसी वा जनस्वास्थ्यका विषयमा स्नातक तह उत्तीर्ण गरेको वा फार्मेसी विषयमा डिप्लोमा गरी ३ वर्ष कार्यानुभव भएको व्यक्तिले दरखास्त दिन सक्नेछन्। छनोट प्रक्रिया अन्तरवार्ता मार्फत हुने जनाइएको छ।
हेर्नुहोस सुचना:
