काठमाडौं- सरकारले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको छ। चैत्र ३० गते बसेको मन्त्रिपरिषद बैठकले मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल र गाउँपालिकाको प्रशासकिय भवन लगाएत निर्माणको लागि सार्वजनिक जग्गा दिने निर्णय गरेको हो।
३० चैत २०७८ मा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ६ सय ५९ मिलियन डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।
त्यसैगरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पनि स्वीकार गर्ने निर्णय भएको उनले बताए।
![](https://ratopatis.prixacdn.net/media/albums/cabinet_qWYpU8kMF6.jpg)