काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा गडबडी देखिएकोपछि उनलाई बिहीबार किस्ट मेडिकल अस्पतालमा भर्ना गरिएको हो। अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
उनी यसअघि पनि स्वास्थ्यमा समस्या देखा परेपछि एकसाता अस्पताल भर्ना गरेर फागुन २ गते डिस्चार्ज भएका थिए।
![](https://www.nepalihealth.com/wp-content/uploads/2022/04/satya-mohan-buletin.jpg)