काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९६८ जनाको पीसीआर परीक्षणमा ६ जना र २ हजार ५७ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी ९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ४४ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन।
हाल सक्रिय संक्रमितको संख्या ४ सय रहेको छ। कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन्।