काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको पुनर्योगको नतिजा प्रकाशन भएको छ। चिकित्सा शिक्षा आयोगले आइतबार पुनर्योगको नतिजा सार्वजनिक गरेको हो।
आयोगले गत चैत १८ गतेदेखि २१ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो। आयोगले नतिजा भने २३ र २६ गते प्रकाशन गरेको थियो।