काठमाडौं- प्रहरीले नियन्त्रित औषधिसहित एक जना फार्मेसी संचालक लाई पक्राउ गरेकाे छ।
प्रहरीको अपराध अनुसन्धान विभागले उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधिहरू लुकाई छिपाई विक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ घर भइ काठमाडौंको नरेफाँट बस्ने २६ वर्षीय कविर लामा भन्ने उदय थिङलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले थिङको साथबाट नियन्त्रित औषधि ट्रमाडोल हाइड्रोक्लोराइड क्पाप्सुल (५० एमजी) ४२ हजार पाँच सय थान र ट्रमाडेस्क हाइड्रोक्लोराइड क्पाप्सुल (५० एमजी) दश हजार थान बरामत गरेको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि औषधि व्यवस्था विभागमार पठाईएको प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए।