काठमाडौं- शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको छ।
जोशीको उपचार विगत ४ दिन देखि किष्ट शिक्षण अस्पतालमा भईरहेको छ।
अस्पतालले साेमबार विज्ञप्ति जारी गर्दै जोशीको फाइब्रो ब्रोकिएक्टेसिस र युरिन ईन्फेक्सनको उपचारका लागि एन्टिबायोटिक्स सुरु गरिसकिएको जनाएको छ।
गत २४ घण्टा देखि उनको मुटुको चालमा सुधार आएको र समग्र स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ।