काठमाडौं- सरकारले आज मंगलबार र भोलि बुधबार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको छ।
मन्त्रालयले गत फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा २ वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि समेत वितरण गरेको थियो। यदी उक्त समयमा जुकाका औषधि खाइसकेको भएमा त्यस्ता बालबालिकालाई आज र भोलिको अभियानमा औषधि दिइने छैन।