काठमाडौं- जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
जसपाले घोषणापत्रमा हरेक गाउँपालीकाहरूका केन्द्रमा कम्तिमा विशेषज्ञ सेवा सहितको एउटा स्वास्थ्य संस्था खोलिने जनाएको छ। साथै स्वास्थ्य प्रयोगशालाको व्यवस्था समेत गरिने छ घोषणापत्रमा उल्लेख छ।
प्रत्येक पालिकामा गर्भवती महिलाहरूका लागि वर्थीङ सेन्टर स्थापना गरिने, गाउँपालिका र नगरपालिकाका प्रत्येक वार्डहरूमा एक जना चिकित्सक सेवा सहितको स्वास्थ्य चौकी सञ्चालन गरिने छ र स्वास्थ्य चौकी वा केन्द्रहरूको भौतिक पूर्वाधार र जनशक्तिलाई सकेसम्म एउटै मापदण्डमा सञ्चालन गरिने जसपाको घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी नगर, उपमहानगर तथा महानगरपालिकाहरूमा जनसंख्याको अनुपातमा पाचँ देखि पन्ध्रसम्म बहु विशेषज्ञ सेवा सुविधा सहितको अस्पताल स्थापना गरिने छ, पाँच वर्षभित्र सबै पालिकाहरूका नागरिकको स्वास्थ्य बिमा गरिने घोषणापत्रमा उल्लेख छ।
जसपाले अति विपन्न वर्गहरूको हकमा बिमा शुल्क स्थानीय तहले उपलब्ध गराउने छ र युवा तथा लैङ्गिक मैत्री यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा सचेतना संचालन गरिने जनाएको छ।
