काठमाडौं- पछिल्लो २४ घन्टामा देशभर ३ हजार ८७७ जनाको कोरोना परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
बुधबार २५ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३१८ जना सक्रिय संक्रमित छन्।