काठमाडौं- विश्व स्वास्थ्य संगठनको महानिर्देशक डा ट्रेडोस एड्हानोम ग्रेहब्रेयससले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीलाई नेपालले समर्थन गरेको छ।
तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्।
'दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं। आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं।' मन्त्री खतिवडाले भने।