काठमाडौं- विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस घेब्रेयससले नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री विरोध खतिवडासँग भएको भेटमा उनले डब्ल्यूएचओले नेपालको स्वास्थ्य सेवा सुधारका लागि थप सहयोग गर्ने प्रतिवद्धता जनाएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
भेटका क्रममा उनले मातृशिशु स्वास्थ्य तथा क्यान्सर उपचारमा सुधार ल्याउन सेन्टरहरु स्थापना गर्न डब्ल्यूएचओले सहयोग गर्न तयार रहेको बताएका थिए।
यसैगरी हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई अपग्रेड गर्दै सुविधासम्पन्न तालिम केन्द्रका रुपमा विकास गर्ने विषयमा पनि समझदारी भएको छ।
टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन पनि गरेको छ।
भेटमा डब्ल्यूएचओको तर्फबाट दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह र अरु उच्च अधिकारीहरुको सहभागिता थियो।