काठमाडौं- नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गरिएको हो।एमालेले प्रत्येक पालिकामा निर्माणाधीन आधारभूत अस्पताल सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै, स्वास्थ्य सेवा शिविर सञ्चालन, प्रजनन स्वास्थ्य, पोषण सेवासम्बन्धी कार्य गर्ने, गम्भीर रोगको पूर्वपरीक्षण र पाठेघरको क्यान्सरको निःशुल्क परीक्षण गर्ने, प्रत्येक नागरिकको अनिवार्य स्वास्थ्यबिमा गर्ने, ज्येष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपांगतासहितका व्यक्तिको स्वास्थ्यबिमा निःशुल्क गर्नेलगायतका प्रतिबद्धता घोषणापत्रमा गरिएको छ।
यस्तो छ घोषणापत्र