कठमाडौं- चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ। कोभिड संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ। यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो।
शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए। पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ। एजेन्सी