काठमाडौं- पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षणमा १८ जना र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको मृत्यु भएको छैन।