काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन्।
सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
कांग्रेस महामन्त्री गगन थापाको नेतृत्वको समूहले कांग्रेसको घोषणापत्र लेखेको हो।
घोषणा पत्रमा स्वास्थ्यलाई महत्व दिइएको छ। घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको घोषणा पत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा राखिएको छ।
जसमा सबल स्वास्थ्य प्रणाली बनाउन आवश्यक पर्ने कुराहरुका विषयमा पनि उल्लेख गरिएको छ। स्वास्थ्यमा लगानी बढाउने विषयमा कांग्रेसले पहिलो नम्बर बुँदामा नै राखेको छ। जनस्वास्थ्यमा लगानी विषयमा कांग्रेसले स्वास्थ्यमा कम्तीमा १० प्रतिशत बजेट पुर्यानउने कुरा उल्लेख गरेको छ।
यस्तै स्थानीय स्वास्थ्य प्रणालीको विकास र सबलीकरणमा पनि कांग्रेसले जोड दिएको छ। सबै नागिरकलाई स्वास्थ्य बीमा, मातृशिशु स्वास्थ्य र पोषण, स्वस्थ नागरिक: घरमै स्वास्थ्य सेवा देखि निशुल्क परीक्षणसम्मका कुरा घोषणा पत्रमा उल्लेख छ।
कांग्रेसले घोषणा पत्रलाई संकल्प प्रस्ताव भनेको छ।
यी हुन् स्वास्थ्यका ११ विषय र ५७ बुँदे घोषणा
पूर्ण पाठ