काठमाडौं– स्वास्थ्य जोखममा परेका ग्रामिण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्ने दीपक सिलवालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।
सिलवालले निर्वाचन अधिकृतको कार्यालय काठमाडौंमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। सिलवालले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
उनले घर आँगन नेपाल नामक संस्था मार्फत ग्रामित क्षेत्रमा स्वास्थ्य जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हेलिकोप्टर मार्फत उद्धार गर्दै आएका छन्। उनी लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय छन्।