काठमाडौं- मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी छन्।
उनले नेकपा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दिएकी हुन्।
लामो समयदेखि काउन्सिलमा कार्यरत लामाले आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेकी छन्। उनले काउन्सिलबाट ९ गते राजीनामा दिएकी थिइन्।
उनको राजीनामा हिजोमात्रै स्वीकृत भएको थियो।