काठमाडौं– स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका दुई जनाले काठमाडौंको मेयर र उपमेयरमा उम्मेदवारी दिएका छन्।
स्वास्थ्य क्षेत्रमा झण्डै ३० वर्ष काम गरेका सुशिल थापाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका हुन् भने स्वास्थ्य क्षेत्रमै २० वर्षदेखि सक्रिय रिंकु श्रेष्ठले उपमेयर पदमा उम्मेदवारी दिएकी हुन्।
उनीहरुले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
काठमाडौं महानगरमा स्वास्थ्य सुरक्षा, वातावरण, रोजगार, संस्कृति र सम्पदाको संरक्षण लगायतका एजेण्डा सहित थापाले मेयर पदमा उम्मेदवारी दिएका छन्।
काठमाडौं बिरामी अवस्थामा रहेकाले काठमाडौंलाई स्वस्थ्य राख्ने मुख्य उद्देश्यले उम्मेदवारी दिएको थापाले बताए।
उनले २०७२ सालको भूकम्प पछि स्वास्थ्य क्षेत्रमा ब्लड बैंकमा समस्या देखिएकाले रगत अभाव हुन नदिन आफुले आफ्नो कम्पनी मार्फत सहयोग गरेको बताए।
यस्तै नयाँ प्रविधि र ल्याबहरुको स्थापना र विकास गरेको तथा स्वास्थ्य क्षेत्रका जनशक्तिलाई रोजगारी दिएको उनको दावी छ।