काठमाडौं- काठमाडौंमा ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजी सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।
नेप्लिज ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टको आयोजनामा भएको उक्त कार्यशालमा देशविदेशबाट १५० भन्दा बढीको सहभागिता थियो।
कार्यशालामा ओरल क्यान्सरसहित मुख सम्बन्धी सोधपत्र र रिपोर्टहरु प्रस्तुत गरिएको थियो।
यसैबीच ओरल एन्ड म्याक्जिलोफेसियल प्याथोलोजिस्टको नयाँ कार्यकारी समिति पनि चयन गरिएको छ। डा रामसुधन लामिछानेको अध्यक्षतामा ९ सदस्यीय कार्यकारी समिति चयन गरिएको हो।