काठमाडौं- विराटनगर महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीले कोसी अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छिन्। अस्पताल सञ्चालक समिति सदस्यबाट राजीनामा नदिई कार्कीले नेकपा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी थिइन्।
पदबाट राजीनामा नदिई उम्मेदवारी दिएको थाहा पाएपछि सत्तारूढ गठबन्धनका उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी दिएका थिए। उजुरी परेको थाहा पाएपछि कार्कीले मंगलबार राजीनामा दिएकी हुन्। उनले अस्पतालमा राजीनामा बुझाएकी छिन्।
कार्की केपी ओली प्रधानमन्त्री हुँदा अस्पताल सदस्यमा नियुक्त भएकी थिइन्।