काठमाडौं- सरकारले आगामी जेठ १ गतेदेखि परीक्षणको रुपमा हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका निर्णय सार्वजनिक गदै संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताए। सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको थियो।कार्यालय समय पनि बिहान ९:३० देखि ५:३० सम्म कायम गरिने भएको छ।
'हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजे साँझ ५:३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने', मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।