काठमाडौं– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा नयाँ डायलाइसिस मेसिन थप गरिएको छ। ८ वटा वेडमा संचालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डायलाइसिस यूनिटलाई विस्तारित गर्दै हाल २० बेडको बनाइएको हो।
थप गरिएको १२ नयाँ वेडहरुलाई क्याथल्याबको अगाडि पट्टि नयाँ भवन निर्माण गरी छुट्टै डायलाइसिस यूनिट स्थापना गरिएको छ। अस्पतालले बिहीबार नयाँ डाइलासिस युनिटको उद्घाटन गरेको छ।
पहिले संचालनमा रहेको डायलाइसिस वार्डमा हालको आइसीयूलाई वेड संख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको प्रतिष्ठानका सह– प्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डायलाइसिस हुने गरेको छ। ८ वटा मेसिनमा हुदा पालो कुर्ने बिरामीको संख्या ५० भन्दा बढी हुने गरेको उनले बताए। नयाँ नयाँ मेसिन र वेड थप भएसँगै अब बिरामीलाई सहज हुने प्रतिष्ठानले जनाएको छ।