रामेछाप– जिल्लामा बढ्दो रगतको माग पुरा गर्न रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ। बिहीबार बैंक इन्स्योरेन्स ग्रुप (बिग) रामेछाप र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले संयुक्त रुपमा मन्थलीमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन्।
कार्यक्रममा बैंक तथा बिमाको कर्मचारी र व्यापारी लगायत २ दर्जन रक्तदाताले स्वतस्फुर्त रक्तदान गरेको बिग रामेछापका सचिव विपिन भट्टराइले जानकारी दिए। पछिल्लो समय मन्थली अस्पताल र रामेछाप जिल्ला अस्पतालले अपरेशन मार्फत डेलिभरी सेवा उपलब्ध दिन थालेकोले रगतको माग बढ्दै गएकाले रक्तदान मार्फत रक्त संकलन गरिएको सचिव भट्टराईले बताए।
उनले रक्तसंचार सेवा संचालन गर्दै आएको रेडक्रससँग हाल ४० प्याकेट मात्र राख्ने क्षमता रहेकोले क्षमता वृद्धि गरेर धेरै मौज्दात सहितको उपकरण राख्न आवश्यक देखिएको उनको भनाई छ।