काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को स्थानीय निर्वाचन केन्द्रीत घोषणा पत्र सार्वजनिक भएको छ।शुक्रबार पार्टी कार्यालय बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा हरेक वडामा सामान्य उपचारका साथै प्रसूति, सर्पदंश र हृदयघातबाट बचाउन सकिने सुविधा सहितका वडा स्वास्थ्य उपचार केन्द्रको स्थापना गरिने उल्लेख छ।
हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपतकालीन सेवा सहितको कम्तिमा २५ शय्याको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएको अस्पताललाई आधुनिक बनाइने उल्लेख छ। वडा र पालिकास्तरका अस्पतालहरुलाई प्रादेशिक र केन्द्रीय अस्पताहरूसँग जोडिने पनि घोषणापत्रमा उल्लेख छ।
सरकारी छात्रवृत्ति र अन्य सामाजिक सहयोगले चिकित्सक भएकाहरूलाई ग्रामीण र दुर दराजका अस्पतालहरूमा अनिवार्य सेवा गर्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने लोसपाले जनाएको छ।
बालबालिकालाई घरमै गएर नियमित खोपको व्यवस्था गरिने, ज्येष्ठ नागरिकका लागि घरमै गएर कम्तिमा महिनाको एक पटक स्वास्थ्य परीक्षण गरिने र हरेक वडामा कम्तिमा दुईवटा एम्बुलेन्ससहित ग्रामीण एम्बुलेन्स सेवाको विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ।
सहज र तनावरहित स्वास्थ्य उपचारको उद्देश्यले हरेक नागरिकका लागि अनिवार्य स्वास्थ्य बिमाको व्यवस्था गरिने साथै आयुर्वेदिक चिकित्सा पद्धतिलाई थप विस्तार र प्रभावकारी बनाइने घोषणापत्रमा उल्लेख छ।
हेर्नुहोस् पूर्णपाठः