काठमाडौं- नेपालमा सबैभन्दा धेरै पटक रक्तदान गरेर रेकर्ड बनाएका प्रेमसागर कर्मचार्यले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्। मेयरमा उम्मेदवारी दिएका कर्मचार्य चुनावी प्रचारमा छन्।
५७ वर्षीय कर्मचार्यले नेपाल उन्नत पार्टीबाट मेयरमा उम्मेदवारी दिएका हुन्।
कर्माचार्य नेपाल स्वंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन्।
कर्मचार्यसहित काठमाडौंको मेयरका लागि ५६ जनाले उम्मेदवारी दिएका छन्।