काठमाडौं - पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको १ हजार ६६ पीसीआर र १ हजार १४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा १७ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ६२९ जना पुगेको छ।
उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल २३० जना संक्रिय संक्रमित छन्।