काठमाडौं- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) फेडेरेसन अफ अंकोलोजिस्ट नेपाल (एसएफओएन)मा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार भएको वार्षिक साधारण सभाले क्यान्सर रोग विशेषज्ञ प्राडा विवेक आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
साधारण सभाले उपाध्यक्षमा डा उज्वल चालिसे, महासचिवमा डा गुरुसरण शाह र कोषाध्यक्षमा डा रोशन मिश्र चयन भएका छन्।
सदस्यहरुमा डा सन्ध्या चापागाईं, डा कपेन्द्र शेखर अमात्य, प्राडा रोविन जोशी, डा जितेन्द्र परियार, डा प्रदिप न्यौपाने, डा अरुण शाही र डा वीरेन्द्र यादव चयन भएका छन्।
कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। फेडेरेसन क्यान्सरको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो।
फेडेरेसनको निवर्तमान अध्यक्ष डा राजेन्द्र प्रसाद बराल हुन्। डा मदन पिया संरक्षक हुन्।