काठमाडौं- नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख सिअहेव गणेश सुनार सम्मानित भएका छन्।
स्वास्थ्य कार्यालय बागलुङले कोभिड–१९ को महामारी रोकथाम, उपचार तथा नियन्त्रण कार्यमा विशेष योगदान गरेको भन्दै प्रमुख सुनारलाई सम्मान गरेको हो।
एक समारोहका बिच कोभिड–१९ को महामारी रोकथाम, उपचार तथा नियन्त्रण कार्यमा विशेषगरी समुदाय स्तरमा सरोकारवालाहरुसंग समन्वयको योगदानको उच्च मूल्याङ्कन गर्दै स्वास्थ्य कार्यालय बागलुङले कदर पत्रसहित सम्मान गरेको हो।
बागलुङमा आयोजित एक कार्यक्रममा स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्का र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले सुनारलाई कदर पत्र प्रदान गरेका हुन्।
कोरोना महामारीको सङक्रमण फैलिन नदिन सुनारको सक्रियातामा शुरुदेखि नै व्यवस्थित कार्ययोजनासहित कोरोना रोकथाम, नियन्त्रणमा क्रियाशिलता देखाएका थिए।