काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको लागि लिँदै आइरहेको नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।
