काठमाडौं- पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ४५० पीसीआर र १ हजार ३ जनाको एन्टीजेन परीक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ७ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ७४७ जना पुगेको छ।
उक्त अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।
देशभर हाल २१७५ जना संक्रिय संक्रमित छन्।