काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ।
जिल्ला प्रशासनले आइतबार सूचना निकाल्दै आगामी मंगलबारदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन नगर्नरनगराउन भनेको छ।
‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नूरनगराउनू होला, सूचनामा भनिएको छ।
