काठमाडौ- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।
उनको गए राति करिब १ बजेतिर हृदयघातका कारण निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।
त्यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ।