काठमाडौं- दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाव लडेका उम्मेदवारको उपचारका क्रममा मृत्यु भएको छ।
चुनाब प्रचारकै क्रममा बिरामी भएका तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृत्यु भएको हो। ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको समस्या रहेको बताएको छ।
उनलाई उपचारका लागि नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा ल्याइएको थियो।
टिचिङ अस्पतालमा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको अस्पतालले जनाएको छ।