काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले मेडिकल अधिकृत माग गरेको छ।
अस्पतालले मंगलबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत माग गरेको हो। इच्छुक व्यक्तिले १५ दिन भित्र अस्पताल प्रशासनमा आवेदन दिनुपर्ने छ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस उत्तिर्ण भई नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।