काठमाडौं- मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विश्वराज जोशीलाई निलम्बन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
सर्बोच्चका न्यायधिश कुमार चुँडालको इजलाशले जोशीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो। सर्बोच्चको अन्तरिम आदेशसंगै भिसी जोशीलाई पदमै रहेर काम गर्ने बाटो खुलेको छ ।
बागमती प्रदेश सरकार मन्त्रीपरिषदको निर्णयबाट उनलाई निलम्बन गरिएको थियो।